नेपाली कांग्रेसमा सभापति गगन थापालाई निर्विरोध गराउने तयारी भईरहेको छ ।
महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी सङ्कटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गर्दै सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यसअघि मंगलबार उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् । राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन् । खुला उपसभापति पदमा उम्मेदवारी दिएका प्रवक्ता देवराज चालिसेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
महाधिवेशन स्थल खुला मञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापति थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज २१ सर्वोच्च अदालतले गण्डकी सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्न…







