पोखरामा विद्यालय बस दुर्घटना: मृत्यु भएका पाँचमध्ये चारजनाको पहिचान खुल्यो


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित




पोखरामा आज बिहानै भएको स्कुल बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।

पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेस्थित भीरबाट खस्दा ४ विद्यार्थीसहित एक स्थानीयको मृत्यु भएको हो । दुर्घटनामा परि दुई बालिकासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ को बस ओख्ले नजिक दुर्घटनामा परेको थियो ।मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीय सुवेच्छा तिवारी र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी छन् । करिब १५ वर्षीया एक बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाईते १४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

उनीहरू कक्षा १० का विद्यार्थी रहेको र परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए ।बसमा १९ जना सवार रहेको बताईन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।