सहाराको देउसीभैलोबाट साढे ११ लाख संकलन


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०८३ मा प्रकाशित




सहारा क्लब पोखराले तिहार अवसरमा आयोजना गरेको देउसीभैलोबाट साढे ११ लाख रुपैयाँ संकलन गरेको छ ।

यही कात्तिक २२ देखि २६ गतेसम्म संचालित पाँचदिने कार्यक्रमबाट ११ लाख ६८ हजार ६१३ रुपैयाँ संकलन भएको क्लबले जनाएको छ । सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । क्लबका सहकोषाध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा देउसी भैलो कार्यक्रम भएको थियो । कलाकारले देउसीभैलोको मौलिक प्रस्तुत देखाएका थिए । क्लबले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्ने उद्देश्यले पोखरा–१७, दोबिल्लामा सहारा एकेडेमी संचालन गरेको छ ।

एकेडेमीमा हाल विभिन्न जिल्लाका ३० जना बालकहरु आश्रित छन् । संकलित बचत रकम बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण तथा एकेडेमी सञ्चालन र व्यवस्थापनमा उपयोग गरिने क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।क्लब अध्यक्ष केशवबहादुर थापाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि क्लबको यस मानवीय तथा सामाजिक अभियानमा निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरिएको जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।