फोनिज युवा पत्रकारिता पुरस्कार छनोट समिति गठन


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८३ मा प्रकाशित




पत्रकार रुद्र श्रीषमगरको संयोजकत्वमा फोनिज युवा पत्रकारिता पुरस्कार छनोट समिति गठन भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले प्रदान गर्दै आएको मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङ एमभिओ बिइएम सेकेन्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ अर्पणका लागि छनोट समिति गठन गरिएको हो । फोनिज गण्डकीका इन्चार्ज समेत रहेका श्रीषमगरको संयोजकत्वमा गठित समितिको सदस्यमा फोनिज गण्डकीका अध्यक्ष खिमाकुमारी गुरुङ, उपाध्यक्ष सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिनु कुमारी थापा र सचिव देविका तामाङ छन् । मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसर पारेर स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति समुदायका क्रियाशील युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ । फोनिज कास्कीले २०८२ सालदेखि पुरस्कार प्रदान गर्न सुरु गरेको हो । पहिलो वर्ष कास्कीका क्रियाशील पत्रकार सुमन गुरुङ पुरस्कृत भएका थिए ।

आदिवासी जनजातिका हक, अधिकार र पहिचानका सवाललाई पत्रकारितामार्फत उजागर गर्दै कम्तीमा पाँच वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील युवा पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको यस पुरस्कार आउँदो मंसिर ३ गते वितरण गरिने फोनिज कास्कीका अध्यक्ष थापाले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।