विदेश पठाई दिन्छु भन्दै ९० लाख ठग्ने पक्राउ


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित




ठगी गरेको आरोपमा पक्राउ परेका विश्वकर्मा

विदेश पठाई दिन्छु भन्दै झण्डै एक करोड ठग्ने पोखराबाट पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि युरोप, क्यानडा, अमेरीकालगायतका विकशित देश पठाईदिन्छु भन्दै ठगी गर्ने पर्वत मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ३० सिसुवा बस्ने ३८ वर्षिय धिरजकुमार विश्वकर्मा पक्राउ परेका हुन् । उनलाई पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । विश्वकर्माले आफू लामो समयदेखि विदेश बसेर फर्केको भन्दै मान्छेको मन जित्ने र ठगी गर्ने गरेको प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

विश्वकर्माले ३३ जनाबाट ९० लाख ७१ हजार ५ सय लिएको पाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए । उनका अनुसार विश्वकर्माले पैसा असुल गरेकाहरुलाई विश्वासमा पार्नका लागि विभिन्न सहकारी र वैंकको चेकसमेत दिएको पाइएको छ ।

पक्राउ परेका विश्वकर्मालाई ठगी सम्बन्धी कसूर अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी हमालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।