सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा विद्युतिय अपराध सम्बन्धमा संचेतनामुलक कार्यक्रम सम्पन्न भयो।
पोखरा–२, अर्चलवोटस्थित सन्फ्लावर बोर्डिङ स्कुलको व्यवस्थापनमा त्यहाँका कक्षा ९ र १० का विद्यार्थी माँझ कार्यक्रम भएको हो।
त्यस अवसरमा साईबर अपराधको परिचय, अपराधका कारण, अनुसन्धान गर्ने निकाय, अनुसन्धानका समस्या, सञ्जालको सुरक्षित प्रयोग र विगतमा देखिएका घटनाक्रमहरुका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए।
उनले इन्टरनेटको गलत प्रयोग भई मानसिक पिडा, चरित्र हत्या, हिंसा वा अफवाह फैलाउने कार्य भइरहेको औल्याउनुभयो । त्यस्तै यौनजन्य अश्लिलता, इन्टरनेट फ्रड, एकाउन्ड ह्याक, क्रेडिट कार्ड तथा एकाउन्ड आदीको चोरी गरी बैकिङ कसुर गर्ने गरिएको पनि जनाइयो।
कार्यक्रमबीच अर्काको कम्प्युटर, विद्युतिय उपकरण तथा नेटवर्क लगायत विद्युतिय अभिलेखमा पु¥याइने क्षति लगायत गैर–कानूनी गतिविधिहरु व्याप्त रहेको भन्दै त्यस्ता कसूर गरेमा विद्युतीय कारोबार ऐन २०६३ र ऐनका विशेष कानूनी व्यवस्था अनुसार सजाय हुने जानकारी दिइयो।
उक्त अवसरमा संस्थाका अध्यक्ष रामभूषण पराजुली, कार्यक्रम संयोजक कमलप्रसाद बास्तोला, प्रधानाध्यापक अमर माइकल गुरुङ, सदस्य कृष्णबहादुर तामाङ लगायतले पनि धारणा राखेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







