अन्तर्राष्ट्रिय बाल अधिकार दिवस : शैक्षिक सामाग्री तथा न्यानो पोसाक बितरण


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित




पोखरा । अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा चिल्ड्रेन नेपालले विद्यालय पढ्न सहयोग गरेका पोखरा महानगरपालिका भित्रका १६ वटा सामुदायिक बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री र न्यानो पोसाक वितरण गरेको छ ।

शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा बालबालिकालाई सामाग्री बितरण गरिएको हो ।

सोही अवसरमा प्रमुख अतिथि आचार्यले चिल्ड्रेन नेपालले बिगत लामो समय देखि सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा खुसि व्यक्त गरे । उनले बालबालिकाको शिक्षाको सवालमा सबै संघसंस्थाहरु विच सहकार्य र समन्वय आवश्यक भएको बताउदै बालबालिकाले अधिकारसंगै जिम्मेवारी र कर्तव्यको समेत ख्याल गर्दै अगाडि बढ्न सकेमा दिवस मनाउनुको सार्थकता हुने जनाए ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै बालबालिका केन्द्रित विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको बताए । उनले संस्थाले विगत लामो समय देखि बालबालिकाको शिक्षा,स्वास्थ ,खाद्य अधिकारमा सचेत गराउदै आइरहेको जानकारी दिए ।

बालबालिकाको तर्फबाट बालिका कुशलता परियारले संस्थालाई धन्यवाद दिदै सबै बालबालिकाको अधिकार सुनिस्चित गर्न लाग्नु पर्नेमा जोड दिईन्। संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह सयोजक रमेश सुवेदीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।