पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, पोखरा महानगर समितिले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा नं. १ मा शिक्षक भेला गरी वडा कमिटि गठन गरेको छ । सङ्गठनले एक कार्यक्रमका बिच श्रीकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. १ स्थित संस्कृत माध्यमिक विद्यालयमा आयोजित शिक्षक भेलामा राष्ट्रिय मावि, रत्न आविका शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेराशिसं गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेलको प्रमुख उपस्थितिमा सम्पन्न समारोहमा पोमनपा वडा नं. १ का अध्यक्ष साहारा प्रधान, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद अधिकारी, नेराशिसं जिल्ला समिति अध्यक्ष तीर्थराज ढकालले शुभकामना मन्तव्य राखे । मन्तव्यको क्रममा प्रदेश समिति अध्यक्ष पौडेलले सांगठनिक गतिविधिको जानकारीसहित शिक्षाको गुणस्तर अभिवृद्धि तथा सङ्गठन सुदृढीकरणका लागि संगठित सदस्यलाई दरो गरी अघि बढ्न आग्रह गरे।
सापकोटाको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः तुलाराम पौडेल, हरि अधिकारी, कलादेवी बराल तथा कृष्णप्रसाद पौडेल रहेका छन् । यसैगरी भेलाबाट शिक्षकहरू नारायणप्रसाद पौडेल, इन्द्रमाया बास्तोला, पुनम राणा बस्नेत, जिता पौडेल, सिर्जना पराजुली र जानुका बास्तोला सदस्यका रूपमा चुनिएका छन् ।
केही सदस्यहरू विधानत मनोनित हुने प्रावधान छ । पोखरा महानगर समिति अध्यक्ष यामनारायण लामिछानेले राष्ट्रिय माविबाट त्यसदिन मात्रै दर्जनौँ शिक्षकहरु देशकै अग्रणी सङ्गठन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको मूलधारमा समाहित भएको बताउँदै सङ्गठनप्रति देशैभरका शिक्षकको आकर्षण बढ्दै गएको जानकारी दिए ।
नेराशिसं, पोखरा महानगरसमितिका सचिव नेपाल प्रकाश अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रमा जिल्ला सचिव दामोदर तिमिल्सिना, शंकर तिवारी तथा हरि अधिकारीले विविध पक्षमा सहजीकरण गरेका थिए । शिक्षाको गुणस्तर अभिवृद्धि तथा पेसागत हकहितको लागि सङ्गठनले अभियानकै रूपमा देशैभर विभिन्न सांगठानिक तथा रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई…







