गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०८१ मा प्रकाशित




पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ ।

बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातानलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो ।

रानाभाटका अनुसार गरिमा विकास बैंकको अहिले ९ लाख सेवाग्रही रहेका छन् । ५ दशमलव ६८ अर्व चुक्का पूँजी रहेको छ । गरिमाका देशभर १ सय २४ शाखा, ५१ वटा एटिएम र सात वटै प्रदेशमा सेवा रहेको छ ।

बैंकमा आज शुक्रमारसम्म ८४ दशमलव ७५ अर्व डिपोजिट र ७३ दशमलव ५० अर्ब लगानी रहेको रानाभाटले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई एउटा बुथलाइजर र एउटा रंगिन प्रिन्टर सहयोग गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।