नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले संसद विघटन सम्बन्धी मुद्धामा सर्वोच्च अदालतले गरेको फैसला शिरोधार्य हुने बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खतिवडाले प्रतिनिधि सभा (संसद) विघटन सम्बन्धी मुद्धामा सर्वोच्च अदालतले जे फैसला गरेपनि शिरोधार्य हुने बताएका हुन् । कांग्रेस कानूनी शासनको पक्षमा रहेको भन्दै उनले अगाडि थपे,‘सर्वोच्चमा बिचाराधीन रहेको मुद्धामा कांग्रेस बोल्दैन र बोल्नुपनि हुँदैन, कांग्रेसलाई सर्वोच्चले संसद पुर्नस्थापना गरेपनि वा संसद विघटनलाई सदर गरेपनि मान्य हुन्छ ।’ उनले थपे,‘संसद पुर्नस्थापना हुनैपर्छ भनेर सडकमा जाने, आन्दोलन गर्ने पक्षमा कांग्रेस छैन ।’
कांग्रेसले संसद विघटन गर्ने कदम असंवैधानिक र अप्रजातान्त्रिक भनेको भन्दै उनले भने,‘प्रधानमन्त्रीले अनधिकृत रुपमा आफूसँग नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेका हुन् । तर त्यसो भन्दैमा कांग्रेस सडक आन्दोलनमा जाँदैन ।’
नेता खतिवडाले कांग्रेसले जिल्लादेखि वडासम्म गरेको पछिल्लो कार्यक्रम संसद विघटन बिरुद्ध विरोध कार्यक्रम नभई चुनाव लक्षित कार्यक्रम भएको बताए । कांग्रेसले अहिले गरेको कार्यक्रम विरोध कार्यक्रम होइन,‘उनले भने,‘भोलि सर्वोच्चले चुनावमा जाने फैसला ग¥यो भने त चुनावमा होमिनु प¥यो नि ! हो त्यसैको तयारी हो अहिले ।’ उनले कांग्रेसको कार्यक्रममा सेनाले युद्धमा जाँदा हतियार तिखारेर गएजस्तै चुनावी तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिइनेगरेको बताए ।
नेता खतिवडाले कांग्रेसको महाधिवेसन भदौ सम्ममा भइसक्ने दाबी गरे । आम निर्वाचन बैशाखमा भए भदौमा महाधिवेसन गर्ने र बैशाखमा आम निर्वाचन नभए जेठमा महाधिवेसन गर्ने तयारीमा कांग्रेस रहेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







