प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले उचालेको छ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले हराउदैं आर्मीले चौथो संस्करणको उपाधि उचालेको हो।
उपाधिसँगै आर्मीले १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको एपीएफले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो।
एपीएफले ४० ओभरपछि एकपछि अर्को गर्दै ३ विकेट गुमाएपछि आर्मीका लागि उपाधि जित्न सहज बन्यो। एपीएफले ४ रन बनाउन ४ विकेट गुमायो।
एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि जितका लागि पर्याप्त बनेन।
उसका सन्दीप जोराले २९ रन, शंकर रानाले २१, सुमित महर्जनले १९, सुवास खकुरेल १४ रनमा आउट भए।
कप्तान शरद भेषवाकरसहित अविनाश बोहरा शून्य रनमा आउट बन्दा कमलसिंह ऐरी २, अमर रौटेला १ मा पवेलियन फर्किए।
आर्मीका जितेन्द्र मुखिया, विक्रम सोब र शाहब आलमले ३÷३ विकेट लिए भने सुशन भारीका नाममा १ विकेट रह्यो।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको योगफल बनाएको थियो।
आर्मीका हरि चौहानले सर्वाधिक ५८ रन बनाए भने राजेश पुलामीले २८, शाहब आलमले २५, र लोकेश बमले १५ रनको योगदान गरे।
एपीएफका अविनाश बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए ।
सन २०१७ को प्रधानमन्त्री कपको उपाधि आर्मी र एपीएफलाई संयुक्त रुपमा प्रदान गरिएको थियो भने त्यसपछिका एक संस्करण नेपाल पुलिस र एपीएफले जितेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







