प्रतिकात्मक तस्बीर
स्याङ्जा । स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धाको मृत्यु भएको छ ।
स्याङ्जाको हरीनास गाउँपालिका–५ बसन्तडाँडाकी ६४ वर्षिया सेती कमिनीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
शनिबार दिउँसो ४ बजे घाँस काट्नका लागि निस्केकी उनि नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा उनलाई सोही स्थानमा बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको अवस्थामा मृत अवस्थामा आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







