खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । “एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्”, वडा नं. २ का किसान कान्तलाल जैसीले भन्नुभयो, “मेसिनका कारण सजिलो भएको छ ।” बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उहाँको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको सहयोगमा बाँदर नियन्त्रण गर्न सकिएकाले खेतबारीको बाली जागाउन सकिएको जैसीले बताउनुभयो । “मकै पाक्ने बेला बाँदरको बास नै खेतबारीमा हुन्थ्यो, हिउँद र वर्षा बाँदर धपाएरै दिन काटिन्थ्या”, जैसीले भन्नुभयोे, “अहिले एक पटक धपाए पछि केही दिनका लागि ढुक्क भइन्छ ।” बन्दुकजस्तै पड्किने मेसिन गाउँपालिकाले किसानलाई उपलब्ध गराएको हो । मेसिन प्रयोग गर्न थालेपछि बाँदर कहिलेकाँही घुमिफिरी आउने गरेको वडा नं ६ बिहुँका बालानन्द कँडेल बताउनुहुन्छ । गाउँपालिकाले ४० थान बाँदर धपाउने मेसिन आठओटै वडाका किसानलाई उपलब्ध गराएको छ। प्रत्येक वडामा पाँच पाँच वटाका दरले मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । सुरुआतमा स्याङ्जामा मेसिन बनेको र प्रभावकारी रहेको खबर पाएपछि यहाँका किसानको आग्रहमा गाउँपालिकाले प्रतिथान रु तीन हजारका दरले मेसिन किनेको थियो । अहिले बागलुङमै मेसिन बनाउन थालिएको थापाले बताउनुभयो । रु दुई हजार एक सयमा बागलुङमै मेसिन निर्माण गरिन्छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







