पोखरामा घरको छतबाट खसेका एकको मृत्यु


     एभरेस्ट आवाज    
     माघ २० गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । पोखरामा छतबाट खसेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङस्थित आफ्नै घरको तेस्रो तल्लाबाट गम्भीर घाइते भएका ५५ वर्षिय भूपाल रेग्मीको आज उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ ।

गत आइतबार पस्र्याङस्थित आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा मंगलबार दिउँसो ३ बजे पोखराको फेवासिटी अस्पतालमा मृत्यु भएको हो ।

आइतबार दिउँसो साढे १२ बजे घरको छतबाट खसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार सम्भव नभएपछि सोही दिन फेवासिटी अस्पताल रिफर गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।