फोटोः एजेन्सी
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ।
लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो।
खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। शल्यक्रियापछि लामाको अवस्था सामान्य रहेको र केही दिनमै उनको फिजियोथेरापी गरिने एन्फाले जनाएको छ।
एन्फाका अनुसार घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने छ। मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो।
उनी प्रशिक्षणका क्रममा घाइते भएका थिए। एन्फाले कतार फुटबल संघसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो। लामा थ्री–स्टार क्लबका कप्तानसमेत हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







