पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग बुधबार भएको शिष्टाचार भेटका क्रममा प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशको अवस्थाका बारेमा जानकारी गराए ।
त्यस्तै, भेटका अवसरमा प्रधानमन्त्रीसँग प्रदेश प्रमुख शेरचनले समसामयिक विषयमा छलफल समेत गरे ।
प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रदेश प्रमुख शेरचनले विद्यमान संकटको समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकोमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







