म्याग्दी । म्याग्दी बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको रु २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो ।
सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ ।
वडास्तरका स्वास्थ्यचौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, परामर्श, खोप सेवा प्रवाह हुने बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित…






