पोखरा । ठूलाडिही पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ । संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसरमा तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण आयोजना गरेको हो ।मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले सहजीकरण गरेका थिए ।
उनले पछिल्लो समय हरेक व्यक्ति विविध तनावमा रुमलिएको अवस्थामा साहित्य र संगीत तनाव न्यूनीकरणको अचूक उपचार भएको बताए । योगासन, प्रणायम र सन्तुलित भोजनका सन्दर्भमा संस्थाका कोषाध्यक्ष झम्कनाथ पोख्रेलले सहजीकरण गरे ।
संस्थाका सचिव हरि नेपालले योग एवं ध्यानको प्रयोगात्मक प्रशिक्षण गराउँदै तनाव न्यूनीकरणको महत्वपूर्ण उपचार भनेकै योग र ध्यान भएको विचार राखे । संस्थाका सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, उपाध्यक्ष वीरेन्द्र भाट, आजीवन सदस्य एकबहादुर भुजेलले मञ्चका यस्ता कार्यक्रम निकै प्रभावकारी हुने धारणा राखे । सभाले कोषाध्यक्ष झंकनाथ पोखरेलको आर्थिक र सचिव हरि नेपालको प्रगति प्रतिवेदन पारित गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ९ मंसिर ।युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको ‘फेवा…







