काठमाण्डौंको दरबारमार्गमा आज ओली समूहको शक्ति प्रदर्शन


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेकपा केपी ओली समूहले आज (शुक्रबार) राजधानी काठमाण्डौंमा शक्ति प्रदर्शन गर्दैछ।

ओली समूहले नारायणहिटी अगाडि दरबारमार्गमा आज दिउँसो १२ बजे शक्ति प्रदर्शन गर्न लागेको हो।

शक्ति प्रदर्शनका लागि ओली समूहले विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौँ उतार्ने बताएको छ।
विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू काठमाडौँमा जम्मा भएर १३ ठाउँबाट प्रदर्शनसहित ¥याली निकाल्ने तयारीमा छ।

शक्ति प्रदर्शनमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रमको लागि महेश बस्नेतको नेतृत्वमा युवा संगठनले बिहीबार साँझ काठमाडौँमा मार्चपाससमेत गरेको थियो।

यसअघि, माघको ९ गते पुष्पकमल दाहाल–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए। संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति गरेपछि ओलीविरुध्द दाहाल–नेपाल समूहले बिहीबार आम हड्तालको आयोजना गरेको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल–नेपाल समूह र ओली समूहबीच चर्को विवाद छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।