राष्ट्रिय महिला लिग फुटबलः रश्मीको ह्याट्रिकमा आर्मीको सहज जित


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित




तस्बीरः एन्फा

रश्मी घिर्सिङको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा उदयपुरको चौदण्डी नगरपालिकाविरुद्ध फराकिलो जित हात पारेको छ।

शनिबार भएको दोस्रो चरणको पहिलो खेलमा दोस्रो स्थानमा रहेको आर्मीले चौदण्डीगढीलाई ९–० ले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिर्सिङले ४ गोल गरिन्। यस्तै, शर्मिला थापाले २ तथा भुजङ्गा राई र अन्जली वाइवाले १÷१ गोल गरे। आर्मीले १ गोल आत्मघाती उपहार पाएको थियो। पहिलो हाफमा ३ गोल गरेको आर्मीले दोस्रो हाफमा ६ गोल गरेको हो।

रश्मीले १९ औं, ५२ औं, ६० औं र ६३ औं मिनेटमा गोल गरिन्। शर्मिलाले २३ औं र ४० औं मिनेटमा गोल गरिन्। भुजुङ्गा राईले ७८ औं र अन्जलीले ८८ औं मिनेटमा गोल गरिन् । इन्जुरी टाइममा चौदण्डगढीका विदेशी खेलाडी एमित लेप्चाले आफ्नै पोष्टमा आत्मघाती गोल गरिन्। चौदण्डीले भारतबाट ४ विदेशी खेलाडी लिगका लागि अनुबन्ध गरेको थियो ।

चौदण्डीगढी गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो।

जितपछि ७ खेलबाट १६ अंक जोडेको आर्मीले लिग लिडर एफीएफसंग अंकदूरी २ मा झारेको छ। चौदण्डीगढीको भने यो लगातार सातौं हार हो। जारी लिगमा सबै खेल हारेको चौदण्डी अंकविहीन हुँदै पुछारमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।