स्याङ्जाबाट अवैध हतियार सहित एक पक्राउ


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

स्याङ्जा । स्याङ्जाबाट अवैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका–३ बलाम्दीका ४० वर्षिय तुलबहादुर रानालाई अवैध भरुवा बन्दुक सहित त्यसमा प्रयोग हुने छर्रा सहित पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

अवैधरुपमा घरमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा प्रहरीले घर खानतलासी गर्दा रानाको घरको भूईकोठाबाट एक थान भरुवा बन्दुक सहित त्यसमा प्रयोग हुने सिसाको छर्रा ३१ थान, हतियारमा प्रयोग गरिने राउण्ड एक थान, चापघोडा २ थान सहित रानालाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।