पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सम्झौता अनुसार समयमा सडक तथा पुल निर्माण नगर्ने ठेकेदारहरु विकासका धमिरा भएको टिप्पणी गरेका छन् । पोखरा र सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा बनेको पुलको उद्घाटन कार्यक्रममा सोमबार बोल्दै उनले सम्झौता अनुसार सडक र पुल नबनाउने ठेकेदारहरु विकासका धमिरा भएको बताएका हुन् । सम्झौता अनुसार पुल बनाउनेहरुपनि छन्,उनले भने,उनीहरुलाई सम्मान नै छ । तर समयमा पुल नबनाउने, सडक नबनाउनेहरु विकासका धमिराहरु हुन् ।
महानगर प्रमुख जिसीले सडक, पुल नबनाउने तर उल्टो धम्क्याउने, थर्काउने ठेकेदारहरुलाई कार्वाही गर्न माग गरे । समयमा काम नगर्ने ठेकेदारहरुलाई कार्वाही गर्नुपर्यो मन्त्रीज्यू,उनले भने, होइन भने पोखरेली जनताले त्यस्ता दादागिरी गर्ने ठेकेदारलाई पोखरेलीहरुले बाँधेर तह लगाउँछन् ।
महानगर प्रमुख जिसीले बिजयपुर खोलामा बनेको पुलले मादीमा उत्पादित वस्तु पोखरा बजारसम्म ल्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले पुल विकास र समृद्धिको बाहक बन्नुपर्नेसमेत बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







