इक्यानद्वारा भण्डारी र थापा सम्मानित


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७७ मा प्रकाशित




इक्यान कास्कीले आफ्नो संस्थाका संस्थापक अध्यक्ष महेश भण्डारी र सल्लाहकार समितिका सभापति रमेशकुमार थापालाई सम्मान गरेको छ । इक्यान कास्कीले आफ्नो नवौं वार्षिक साधारणसभाको अवसरमा भण्डारी र थापालाई सम्मान गरेको हो । कार्यक्रममा ईक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीलगायतले उनीहरुलाई माला र दोषल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेर सम्मान गरे ।

संस्थामा पुर्याएको योगदानको कदर गर्दै भण्डारी र थापालाई सम्मान गरेको अध्यक्ष क्षेत्रीले बताए । २०६७ सालमा इक्यानको दोस्रो शाखा कास्कीमा स्थापना हुँदा भण्डारी अध्यक्ष थिए भने थापा सचिव भएर योगदान पुर्याएका थिए ।
अधिवेशनले इविन्द्रराज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।