पोखरा–सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा पुल निर्माणका लागि जग्गा दिने जग्गा दातालाई सोमबार सम्मान गरिएको छ । पोखरा–सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा बनेको पुलको उद्घाटन कार्यक्रममा सो पुल निर्माणका लागि जग्गादान गर्ने जग्गादाताहरु नेकपा केन्द्रीय सदस्य तथा पूर्व जिविस उपसभापति श्रीनाथ बराल, टेकनाथ बराल, विमल बराल, गोकर्ण बराल, पितृप्रसाद बराल र दीनाखर बराललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले माला लगाएर उनीहरुलाई सम्मान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







