मेस्सी दशककै उत्कृष्ट फुटबलर


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित




अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर बनेका छन्।

द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स (आइएफएफएचएस)ले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको हो।

आइएफएफएचएसमा आवद्ध १५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् । दोस्रो नम्बरमा अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो परेका छन् ।

यसैगरि युरोपकै उत्कृष्टमा खेलाडीको विधामा रोनाल्डोलाई छानिएको थियो भने दक्षिण अमेरिकाको उत्कृष्टमा मेस्सी परेका थिए। तर, समग्रमा दशककै विश्व उत्कृष्ट फुलबल खेलाडीमा मेस्सीले बढी मत प्राप्त गरेको इएसपीएनले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।