गोरु काटेको आरोपमा मुस्ताङबाट ५ जना पक्राउ परेका छन्।
गोरु काटेर मासु भाग लगाईरहेको अवस्थामा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ घाँसाबाट उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा घरधनी २६ वर्षिय अर्पण श्रेष्ठ, सोहि ठाउँका ५३ वर्षिय लालबहादुर श्रेष्ठ, ३७ वर्षिय सनिस श्रेष्ठ तथा घाँसा नजिककैको पहिरो थाप्लाका वर्षिय निश्चल विक र ३७ वर्षिय पूर्ण विक रहेको प्रहरीले बताएको छ।
गोरु काटिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार थिङले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट गोरुको टाउको र मासु फेला परेको उनले बताए। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालमा गोरु काट्नुलाई अपराधको रुपमा लिइन्छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपनि गाईलाई आमाको रुपमा हेरिन्छ भने गोरुलाईपनि गाईकै सन्तान भएकाले पूजासमेत गर्ने गरिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







