पोखरा महानगरपालिकाले आठौं नगरसभा (विधानसभा) प्रस्तुत गरेका सबै विधेयक पास भएका छन्।
महानगरले ल्याएका ६ वटा नयाँ विधेयक र १७ वटा संशोधन विधेयक सर्वसम्मत पास भएका हुन् । नगरसभा पास गरेका कृषि, पूर्वाधार विकास निगम, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, पर्यटन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक नयाँ हुन्।
आर्थिक कार्यविधि, गण्डकी बहुप्राविधिक शिक्षालय, कर तथा गैर राजश्व, खेलकुद, सहकारी, सुशासन, सहरी योजना, बालबालिकाको अधिकार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक निजी साझेदारी, पूर्वाधार विकास, कृषि व्यवसाय प्रवद्र्धन ऐन, नगर प्रहरी ऐन, न्यायिक समिति लगायत १७ वटा ऐन तथा कार्यविधि संशोधन गरिएको हो।
पोखरा महानगरपालिकाको यही माघ २५ देखि २७ गते सम्म भएको नगरसभा (विधान सभा)को प्रारम्भमा नै उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेका वार्षिक बजेट २०७७/०७८ परिमार्जन गर्ने सम्बन्धी र अस्थायी, करार, ज्यालादारी, कर्मचारीको अवकास सुविधा सम्बन्धी विशेष प्रस्ताव नगरसभाले सर्वसम्मतले पारित गरेको छ।
नगरसभामा ६ वटा नयाँ विधेयक र १७ वटा विधेयक, नियमावली संसोधनका लागि प्रस्तुत भएकोमा नयाँ विधेयक र संशोधन लागि प्रस्तुत गरिएका विधेयकमा छलफल गरी सदस्यहरुले दिएका सुझावलाई समेट्ने गरी पारित गरिएको हो।
विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगर कार्यपालिकाको ४६ औं पूर्ण बैठकमा नयाँ ऐन र नियमावली संसोधनको प्रस्ताव प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्तावलाई नगर सभामा पेश गर्ने निर्णय गरेको थियो। सभामा पेस भएको गैरसरकारी संस्था सम्वन्धी विधेयक भने सभामा टेबुल भएपनि संघ सरकारको कानूनसँग नमिल्ने भन्दै फिर्ता गरिएको छ।
अहिलेसम्म महानगरले झण्डै १ सय हाराहारीमा ऐन बनाएको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए। संघले कानून निर्माण गर्नु अगाडी पोखरा महानगरले बनाएकाले नयाँ कानून हेरेर बाझिने बुँदा हटाइएको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







