पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित




नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको हो।

निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ पु¥याएको छ।

निगमले हिजो विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको जनाएको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ। निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।