पोखरा । प्रेस संगठन कास्कीका कार्य समिति सदस्य उमा आले मगरलाई मातृशोक परेको छ ।
नेपाल पत्रकार महासंघ कास्कीकी सदस्यसमेत रहेकी प्रेस संगठन कास्कीकी सदस्य आलेकी ममतामयी माता शोभा आले मगरको ५० वर्षको उमेरमा गएराती निधन भएको हो ।
जण्डिसबाट पीडित उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको आले परिवारले जनाएको छ ।
यसैबीच, प्रेस संगठन कास्कीकी सदस्य आलेको माताको निधनप्रति प्रेस संगठन कास्कीले दुःख व्यक्त गरेको छ । प्रेस संगठन कास्कीका सहसंयोजक सन्देश श्रेष्ठले एक शोक विज्ञप्ती जारी गर्दै स्वर्गिय आमा आलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शोक विज्ञप्तिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उमा आलेमगरसहित शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







