पोखरा महानगरपालिका वडा नं २ को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र–२ को आयोजनामा, नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क नाक, कान, घाँटी (ईएनटी) स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ।
वडा सदस्य गौतम बीजूक्छेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथि स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, नेपाल मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले शिविरको उद्देश्यबारे प्रकाश पार्दै समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
शिविरमा ७ वर्षदेखि ७५ वर्षसम्मका विभिन्न उमेर समूहका नागरिकहरुले स्वास्थ्य लाभ लिएका थिए। शिविरमा महिलातर्फ ११५ र पुरुषतर्फ ८५ जना गरी जम्मा २०० जनाले सेवा लिएका थिए।
यस प्रकारको कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै शीघ्र रोग पहिचान तथा उपचारमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको…






