पोखरामा लेक टु लेक साईक्लिङ मार्ग निर्माणका लागि बजेट

- बन्दीपुर र जोमसोममा पनि साईक्लिङ मार्ग निर्माण गरिने


     एभरेस्ट आवाज    
     असार १ गते २०८२ मा प्रकाशित




साङ्केतिक तस्विर

गण्डकी प्रदेश सरकारले साईक्लिङ मार्ग निर्माणका बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले साईक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

उनले साईक्लिङमार्फत पर्यटन प्रवद्र्दनका लागि पोखराको लेक टु लेक साईक्लिङ मार्ग निर्माण गरिने बताए । त्यस्तै, तनहुँको बन्दीपुर र मुस्ताङको जोमसोममा पनि साईक्लिङ मार्ग निर्माण गर्ने बताउँदै उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।