समता काव्य सन्ध्याको ३३३ औं शृंखला सम्पन्न भएको छ।
पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा पोखरामा सन्ध्याको उक्त शृंखला सम्पन्न भएको हो।
यसअघि, कोभिड–१९ को अवस्थामा पनि परिवारले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै ११ वटा शृंखला भच्र्युल रुपमा सम्पन्न गरिसकेको छ।
कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३३ औं शृङ्खला सम्पन्न भयो । कोरोना कहर पछिको यो पहिलो खुला शृंखलामा कवि लिली अधिकारी यसरी सुनिन्छिन्।
कार्यक्रममा ईश्वरमणी अधिकारी, लक्ष्मण थापा, विष्णु अल्पविराम, दीपक समिप, जीवनसागर भण्डारी, प्रकाश ज्ञवाली, डा. बसन्त गौतम, विष्णु बास्तोला, रुपीन्द्र प्रभावी, रिता अधिकारी, शिव त्रिपाठी, लिली अधिकारी, ध्रुव बराल, लोचना अधिकारी, प्रकाश आचार्य, चन्द्रवती वाग्ले, जनक दुलाल, विरेन्द्र पौडेललगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरे।
परिवारका साहित्य संयोजक रिता अधिकारीले स्वागत मन्तवसहित रचना वाचन गरे। संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पोयुसाका उपाध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए।
न्याउलीको स्वरमा मन रुँदा
खहरेझैं उर्लेको आँसु थाम्न
एक्लो हुनुको पर्खाल भत्काइदिने
साथ चाहिँदो रहेछ
प्रेम दिवसको छेको परेकोमा प्राय सबै स्रष्टाले प्रेमिल रचना सुनाए ।
मानें, तिमी पीपल
म बाँस नै सही
आऊ, एक अर्काको अस्तित्व स्वीकार गरौं
छहारी मेरो पनि छ
तर म चौतारी बनेर उभिने रहर गर्दिन
तिमी बिर्सेर पनि
बाँसुरी बनेर गुन्जिने सपना नदेख्नु
जीवनसागर भण्डरीको यो कविता सुनेपछि माहोल झन प्रेमिल बनिरहेको थियो।
तर, अचानक शंका उत्पन्न भयो, प्रकाश आचार्यमाथि।
सिंहदरबारको विशाल कोठाभित्र
एउटा ऐना उभिरहेछ चुपचाप
जो एक सुन्दर मजदुरको
कुरुप प्रतिविम्व देखाइरहेछ
र देखाइरहेछ कुरुप मालिकको
सुन्दर प्रतिविम्व
रिसाउँदै ढुङ्गा बर्साइरहेछ
मजदुर ऐनाको छातीमा
तर, ऐना न चर्कन्छ, न फुट्छ
मलाई शङ्का छ हजुर
के यो ऐना सिसाकै हो ?
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







