हुर्जामा यशकुमारीको स्मृति दिवस


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित




मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले शनिवार यशकुमारी जिसीको योगदानको स्मरण गरेर ३३ औं स्मृति दिवस मनाएको छ।

हुर्जाका सल्लाहकार अध्यक्ष राजेश पराजुलीले महिला शसक्तिकरणमा यशकुमारीको योगदान चिरस्मरणीय रहेको बताए।

यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार कोषका संस्थापक सविन जिसीले पिता २०१४ कार्तिक १४ गते पोखरा १९ लामाचौरमा इन्द्र र माता हुमकुमारी घर्तीका कोखबाट जन्मेकी जिसीको २०४५ फागुन १ गतेका दिन स्याङ्जाको महिला विकास कार्यालयमा सेवारत् रहेकै बेला निधन भएकाले दिदीको योगदानलाई चिरस्थायी राख्न कोष स्थापना गरेको बताए।

कोषकी संरक्षक सीताकुमारी र सुमित्रा जिसीले आफ्नी छोरीको सम्झनामा हुने हरेक गतिविधिले उनको आत्माले चिरशान्ति पाएको अनुभूति गरेको धारणा राखे।

जरोटुप्पो संरक्षण साहित्य समाजका महासचिव मदन भण्डारीले जिसी परिवारले समाजसेवा र साहित्यका क्षेत्रमा पु¥याएको योगदान स्तुत्य रहेको बताए।

संस्थाका उपाध्यक्ष वीरेन्द्र सापकोटाले हुर्जाका गतिविधिलाई जिसी परिवारसँगको सहकार्यले आफ्ना गतिविधि सञ्चालन गर्न थप उर्जा मिलेको बताए।

संस्थाका महासचिव सुशील श्रेष्ठले अब छिट्टै राष्ट्रियस्तरमा आयोजना गरिएको अधिकारमैत्री मुक्तक प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण र जिल्ला प्रतिनिधिसँगको गोलमेच सम्मेलनको तयारीमा रहेको जानकारी गराए।

अध्यक्ष असफल गौतमले हामीले मान्दै आएको स्वर्ग यदि छ भने यशकुमारीको स्वर्गमा बास होस् भन्ने कामनाका साथ गतिविधि सञ्चालन गर्ने र जिसी परिवारले संस्थाप्रति देखाएको विश्वास डग्मगाउन नदिने प्रतिबद्धता जाहेर गरे।

स्मृति दिवसमा संस्थाका कार्यसमिति सदस्य सत्यता ख्वाउजु, अशोक पौडेल, संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवाली, पर्वत, तनहुँ, लमजुङ र नवलपुर जिल्ला संयोजकलगायतले यशकुमारीको दिवंगत आत्माको चिरशान्तिका लागि भौतिक उपस्थिति जनाएर तथा दूरसञ्चारबाट श्रद्धाञ्जली अर्पण गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।