गण्डकी प्रदेश प्रमुखलाई वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख शेरचनलाई आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनबारे जानकारीसहित हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए । प्राकृतिक स्रोतसाधनको उत्खनन तथा प्रयोगमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउँदै उनले प्राकृतिक स्रोतसाधन प्रयोगमा ल्याउन सकिए रोजगारी सिर्जना हुने उल्लेख गरे ।

प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचानमा आयोगले विशेष ध्यान दिएको बताए ।

संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण तथा प्राकृतिक स्रोतसाधन बाँडफाँडमा आयोग अघि बढेको भन्दै उनले आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।