तनहुँमा ग्याँस बुलेटले ठक्कर दिएको मोटरसाइकल कारमा ठोक्किदा एकको मृत्यु


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित




पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- ३ मा आइतबार भएको दुर्घटना । भारतीय टयाङकरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस

तनहुँ । तनहुँको आबुखैरेनीमा ग्याँस बुलेटले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ८ बजे आबुखैरेनीबाट डुम्रे तर्फ आइरहेको ना १९ प ९२४ नम्वरको मोटरसाइकललाई एनएल ०१ एन २९८६ नम्वरको ग्याँस बुलेटले पछाडीबाट ठक्कर दिँदा लमजुङको भोर्लेटार नगरपालिका–६ की १७ वर्षिया अन्वेशा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आबुखैरेनीचोकस्थित पृथ्वी राजमार्गमा मोटरसाइकलाई ग्याँस बुलेटले ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशाबाट आइरहेको ग ३ च २०८८ नम्वरको कारमा ठोक्किदाँ मोटरसाइकलको पछाडी सवार पौडेलको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।