पोखरामा ट्याक्सी र स्कुटर जुध्दा एक गम्भीर घाइते


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

पोखरा । पोखरामा ट्याक्सी र स्कुटर एक आपसमा जुध्दा एक जना गम्भीर घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२५ याम्दीमा बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्वरको ट्याक्सी र भित्री सडकखण्डबाट राजमार्गमा निस्किँदै गरेको ग १७ प ९१६२ नम्वरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक गम्भीर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घाइते हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–९ लामागे घर भई पोखराको नागढुङ्गा बस्दै आएका ४० वर्षिय श्रीकृष्ण भण्डारी हुन् ।

उनको गम्भीर अवस्थामा फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।