प्रतिनिधि सभा विघटन विरुद्धको रिटः आजबाट वकिलहरुको जवाफी बहस


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन गरेका वकिलहरुको जवाफी बहस आजबाट शुरु हुँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस गरेका थिए।

शुक्रवार सार्वजनिक विदा र हिजो शनिवार भएकोले आजबाट जवाफी बहसको क्रम शुरु भएको हो।

आजको बहसमा सहभागी कानुनव्यवसायीले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन्।

जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्यूरीको राय लिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।