पोखरा, भदौ १५
गुल्मेली समाज पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । होटल लुम्विनी नागढुंगा पोखराको सौजन्य तथा नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पहिलो रक्तदाता मीनबहादुर केसीलाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

सो अवसरमा होटल लुम्विनीका सञ्चालक कमलप्रसाद न्यौपानेले आफ्नो जन्म दिनको अवसरमा ४९ औं पटक रक्तदान गरेका थिए । तडकभडक नगरी समाजसेवा गरेर जन्म दिन मनाउँदै आएका उनले यस पटक ५८ औं वर्ष प्रवेश गरेको अवसरमा पनि रक्तदान गरेर मनाएका हुन् । जन्म दिनको अवसर पारेर गरिएको रक्तदान कार्यक्रमको सम्पूर्ण खर्चसमेत लुम्विनी होटलले गरेको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, गुल्मेली समाज पोखराका अध्यक्ष कमलप्रसाद न्यौपाने, उपाध्यक्ष रुक्माङ्गत पोखरेल (विष्णु), सचिव प्रकाश पुनलगायतले रक्तदानको महत्वका बारेमा चर्चा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित…






