पोखरामा सामान्य वर्षा, वर्षाका कारण दिउँसै अध्यारो !


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरामा सोमबार दिउँसोबाट सामान्य वर्षा शुरु भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण पोखरा लगायत आसपासका जिल्लाहरुको मौसममा दिउँसो २ बजेदेखि परिवर्त आएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । यो प्रणाली अझै दुई–तीन दिन कायम रहने महाशाखाले जनाएको छ ।

दिउँसै पानी पर्न थालेपछि गन्तब्यमा जान हिँडेका यात्रु प्रभावित भएका छन् । यस्तै अकस्मात मौसममा आएको परिवर्तनसंगै पोखरामा दिउँसै अन्धकार भएकोे छ । पोखरामा केही दिनदेखि गर्मी महशुस गरिएको भएपनि आज दिउँसो पानी परेसंगै चिसो महशुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज पोखराको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।