राखेपद्धारा थप २ पूर्वाधार निर्माणका लागि सम्झौता

- पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ, ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७७ मा प्रकाशित




राष्ट्रिय खेलकुद परिषद्ले थप दुई पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र लामाचौर खेलमैदान उपभोक्ता समितिका सचिव बुद्धिवहादुर खत्रीबीच सम्झौता भएको छ।

पोखराको लामाचौरमा निर्माणधिन कभर्डहलको भीआईपी प्याराफिटको वाल निर्माणका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ। ३० मिटर लम्बाई र १२ मिटर चौडाई भएको प्यारफिटको दर्शक क्षमता १ हजार रहेको छ।

निर्माण सम्पन्न भएको नेचुरल प्यारफिटतर्फ भने कभर्डहलमा ५ हजार दर्शक अट्ने क्षमता छ।
त्यसैगरि, स्याङजाको वाललिङ खेल मैदानको प्याराफिट र प्याराफिट मुनी रहेको खेलाडी चेञ्जिङ रुम निर्माणका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ। आइतवार राखेपले गण्डकी प्रदेशका ९ पूर्वाधार निर्माणका लागि सम्झौता गरेको थियो।

सोमवार नै राखेप सदस्य सचिव सिलवाल र वालिङ खेलमैदान उपभोक्त समितिका अध्यक्ष केशरवहादुर थापाबीच सम्झौता भएको हो।

यसअघि, राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच आइतबार पोखरामा सम्झौता भएको हो।

बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ।

कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए।

पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ।

लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ। सो रंगशालाको लागत अनुमान ५५ लाख ९२ हजार १ सय ६१ छ।

लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरोन्नतिमा १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ।

सम्झौतामा सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी विसं २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ। सम्झौता कार्यक्रमका अवसरमा राखेप सदस्यद्वय राजेशकुमार गुरुङ र रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विक सहभागी थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।