पोखराको नयाँबजारमा रहेको गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनले सोमबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ ।
एशोसिएशनको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानको एशोसिएशनका प्रेस सल्लाहकार कृष्ण थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई व्लड व्याग हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा थापाले जोखिममा परेकाको ज्यान जोगाउन रगतको सट्टामा रगत नै भएकोले रक्तदान जस्तो पुन्यको कर्म अर्को कुनै नभएको बताउनुभएको थियो।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली,संस्थाका स्वास्थ्य सल्लाहकार डा.रवीन्द्र श्रेष्ठ, कार्यक्रमका संयोजक राम बहादुर नेपाली, नेपाल रेडक्रस सोसाईटी गण्डकीका सभापति सूर्य प्रसाद ढकाल, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सनत कुमार भट्टराई, निवर्तमान अध्यक्ष सन्तोष कुमार मिश्र, रक्तदाता माधव खतिवडा, पत्रकार आरजू विष्ट सल्यानी लगायतले रक्तदानको महत्वका बारेमा बोल्नु भएको थियो।
कार्यक्रमको अवसरमा रक्तदान गरेका रक्तदाताहरुलाई प्रमुख अतिथि कृष्ण थापा, पूर्व अध्यक्ष तथा संस्थाका सल्लाहकार सानुमान जलारी, अध्यक्ष विष्णु प्रसाद अधिकारी लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो। एशोसिएशनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव वीरेन्द्र चौधरीले गर्नुभएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






