भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो पहाड खसेर बनेको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा भएको हो । केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो । बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए । मृतकमध्ये नौ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार तीन जना घाइते बालबालिकालाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
अन्य बेपत्ता यात्रुहरूको खोजीका लागि उद्धार कार्य बुधबार पनि जारी रहेको प्रहरीले जनाएको छ । गत सोमबारदेखि हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेको छ । वर्षाले कमजोर पहाडी भूभागहरूलाई अस्थिर बनाएको बताइएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुःखद घटनामा शोक व्यक्त गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






