पोखरा, असोज ३१
लायन्स क्लब पोखरा गुडविलले पोखरा–१४ बाच्छीवुडुवास्थित वात्स्यायन वृद्दाश्रममा निःशुल्क स्वास्थ्य आयोजना शिविर गरेको छ । क्लवले वात्स्यायन वृद्दाश्रममा आश्रित २१ ज्ना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । सो अवसरमा क्लवले फलफूलसमेत वितरण गरेको क्लवका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन कन्सलटेन्ट डा.अनमोल पौडेललगायतको टिमले स्वास्थ्य परीक्षण गरेका थिए । सो अवसरमा त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरुको रगतसँगै मुटु सम्बन्धी ईसिजी, ईकोलगायतका जाँच गरिनुका साथै औषधीसमेत निःशुल्क वितरण गरिएको क्लवका अध्यक्ष तिमिल्सिनाले बताए ।
शिविरको नेतृत्व समेत गरेका क्लब अध्यक्ष राजेन्द्र तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रीक गभर्नर विनोद ढुंगाना, विशिष्ट अतिथि राम बसेल तथा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु लगाएतको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष तिमिल्सिनाले सामाजिक काम गर्दा मन आल्हादित हुने बताए । लायन्सको उद्देश्य नै समाजसेवा भएको र त्यसको निरन्तरता स्वरुप क्लवले आफ्ना, आफन्त नभएका वृद्दाश्रममा आश्रित आमा, बुबाहरुको स्वास्थ्य जाँचसँगै सहयोग हस्तान्तरण गरिएको उनको भनाई छ । सो अवसरमा ज्येष्ठ नागरिक आमा, बुबाहरुले आफूहरुलाई आशिर्वादसमेत दिएको उनले जानकारी दिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विपिन सुवेदी, क्लबका सचिव अनन्त राम अर्याल लगायतले क्लवले यस्तै सामाजिक कार्य आगामी दिनमा पनि गर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







