पोखरा । पोखरामा आजबाट शुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कास्की स्यङ्जासंग सोझो सेटमा पराजित भएको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा स्याङजाले कास्कीमाथि २५–१९, २५–१८ को सेटको नजिता निकालेको हो ।
पुरुष तर्फ नै अर्को खेलमा तनहुँले मुस्ताङमाथि सहजै पराजित गर्यो । सोझो सेटमै पराजित गर्ने क्रममा तनहुँले मुस्ताङमाथि २५–१७, २५–९ को सेटले पन्छाएको थियो ।

सोही प्रतियोगितामा महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित गरेको छ ।
यसैगरी स्याङजालाई भने पर्वतले सोझो सेटमा पराजित गर्ने क्रममा २५–१६, २५–२१ मा पराजित गरेको थियो ।
तनहँुले लमजुङमाथि २५–१४ र २५–६ को सेटमा पराजित गर्दै लिगचरणको खेलबाट अगाडि बढेको छ ।
लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर छन् ।
प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २/२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १/१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०/५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५/५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५/५ हजारसहित ट्रफी र मेडल प्रदान छ ।
प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिने भएको छ । पहिलो चरण्का खेलहरुका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगितालाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बाले उदघाटन गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







