काठमाण्डौ । मूल्य बढाएको एक साता नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
निगमको आज बसेको बैठकले राती १२ : ०० बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको साबिकको खुद्रा बिकि मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो ।
पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई ईन्धनको आन्तरिकतर्फको नयाँ खुद्रा विक्रि मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।
विज्ञप्तिमा मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ८२ पैसा डिजेलमा प्रति लिटर ४ रुपैया १३ पैसा तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको उल्लेख छ ।
यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







