नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्ने तयारीमा केन्द्रित रहेको बताएकी छन् ।
सोमबार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत ‘जेनजी’ आन्दोलनका घाइतेसँगको भेटपछि उनले सरकार निर्वाचनको तयारीमा जुटेको स्पष्ट पार्दै, अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराइन् । मन्त्री गौतमले फागुन २१ मा हुने निर्वाचनको विरोध गरिरहन आवश्यक नभएको बताइन् । “बिरामीहरूको अवस्था हेर्दाखेरि मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु,” उनले भनिन्, “र, जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ, त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु ।” घाइते बिरामीले आफूलाई अस्पतालको कुरीति र बेथितिका बारेमा ध्यानाकर्षण गराएको उनले उल्लेख गरिन् । उनीहरूले दिएको सुझावका आधारमा अस्पतालको सुधारमा लागिपर्ने प्रतिबद्धता समेत उनले व्यक्ति गरिन् ।
उनले आफूले गरेका सबै काम पारदर्शी ढंगले जनताका बीचमा लैजाने संकल्प लिएको समेत बताइन् ।“हाम्रो जनआन्दोलनको मर्म के थियो भने यी कुरीति, बेथितिहरू सबै हटून् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ,” उनले भनिन्, “र, मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्ने छु ।”
मन्त्री गौतमले सोमबार बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल,ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







