मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ७० कविता छनोट


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित




मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ७० वटा कविता छनोटमा परेका छन्।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय राष्ट्रिय कविता महोत्सव गर्ने भएको हो।

फागुन ९ गते प्रतिष्ठानकै हलमा महोत्सव हुनेछ। विभिन्न ५७ भाषाका ७० जना कविले कविता वाचन गर्ने सूची तयार भएको प्रष्ठिान मातृभाषा तथा साहित्य विभागले जनाएको छ। विभागका अनुसार विगतका वर्षहरुमा जस्तै यस वर्षपनि विभिन्न मातृभाषाका कविताहरु छनोट गरी प्रस्तुत गर्ने सूची तयार पारिएको हो। दिवसको असरमा प्रतिष्ठानले फागुन १० गते मातृभाषाका विभिन्न पक्षबारे विचार गोष्ठी पनि गर्नेछ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि मातृभाषा दिवस मनाउन थालिएको हो। सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तानमा बंगलादेशी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दा दमन भएको र त्यतिबेला ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा यो दिवस मनाउन थालिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।