देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले आज २ घण्टा सेवा ठप्प पारेका छन् ।
उनीहरुले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालको सेवा ठप्प पारेका हुन् ।नर्सहरूको आन्दोलनमा पोखराको सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सहरू पनि सहभागी भएका छन् । नर्सहरूले आपतकालीन र आईसीयू बाहेकका सेवा रोक्दै ऐक्यबद्धता प्रदर्शन गरेका हुन् । करिब दुई सय जना नर्स अस्पताल परिसरमा भेला भई नारा लगाउँदै आन्दोलनमा समर्थन जनाए ।
निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूको माग पुरा गर्नका लागि दवाव दिन भन्दै नेपाल नर्सिङ सङ्घले कात्तिक २ गते आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको थियो । जसमा कात्तिक ४ गतेदेखि ११ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने, १२ गतेदेखि १८ गतेसम्म दैनिक दुई घण्टा सेवा रोक्ने घोषणा गरेको थियो । संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यदलले १८ कात्तिकमा बुझाउने प्रतिवेदनपछि नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ। यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि सातवटै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक प्रदेशमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार नर्सिङ कर्मचारीका समस्यासहित तलब तथा सेवासुविधासम्बन्धी, जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्थालगायत क्षेत्रमा भएका समस्याबारे अध्धयन गरी समाधानका गर्नका विकल्प पहिल्याउन उक्त टोली खटाइने छ ।
उक्त टोलीले समस्या समाधानका लागि सङ्घीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायको समन्वयमा छलफल तथा सहजीकरण गर्नेछ । यस्तै मन्त्रालयले मातहतका विभाग, केन्द्र र महाशाखालाई परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रको क्षेत्रगत सुधार गर्न सम्बन्धित कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गर्न भनिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उल्लेख गरे । ती निकायलाई अल्पकालीनरतत्कालीन ९३० दिनभित्र सम्पन्न हुनसक्ने०, मध्यकालीन ९६० दिनभित्र सुरुवात हुने० र दीर्घकालीन ९सुदूर भविष्यमा प्रभाव पार्ने० सूची पठाउन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालय मातहतका विभाग तथा सङ्घीय अस्पतालबाट हुने सार्वजानिक खरिद प्रक्रिया, औषधि दर्ता प्रक्रियालाई पारदर्शी र जनमैत्री बनाउन निर्देशन समेत दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा…






