नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ ।
हिजो देखि शुरु भएको बैठकमा अध्यक्ष माधव कुमार नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन माथि छलफल भईरहेको बताईएको छ । बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष नेपालको राजीनामा माग गरेका छन् । उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाइएकाले नेपालले पद छाड्नुपर्ने माग गरेका हुन् । “माधव नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ । त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ ।
नेपालले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ,” खनालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।महासचिव घनश्याम भुसालले पनि पार्टी अध्यक्ष नेपाल र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्वबाट बिदा लिन सुझाव दिए। उनले समस्या मूल नेतृत्वमा भएको बताए । उनले आफू माओवादीसँगको एकता प्रक्रियामा सहभागिता नभएको पनि बताएका छन् ।
भोलिसम्म चल्ने बैठकमा बिभिन्न नेताहरुले बोल्ने क्रम जारी छ । बैठकले माओवादी केन्द्रसँग पार्टी एकताका विषयमा निर्णय गर्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







