पोखरा । राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सवको अवसरमा पोखराका क्रियाशिल पत्रकार कृष्ण दवाडी पुरस्कृत हुने भएका छन् ।
राससले वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पु¥याउने देशभरबाट उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गर्न लागेको हो
राससको कास्की समाचारदाता दवाडी गण्डकी प्रदेशबाट उत्कृष्ट जिल्ला समाचारदाताका रुपमा छनोट भई पुरस्कृृत हुन लागेका हुन् । नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत रहेका दवाडी हिमाली आवाज डटकम अनलाइनको सम्पादक समेत हुन् । समाचारतर्फ गण्डकी प्रदेशबाट बाग्लुङका खेमराज गौतम पनि पुरस्कृत हुने भएका छन् ।
पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो । राससका अनुसार प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल (महोत्तरी), वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय) काठमाडौँलाई पुरस्कृत हुनेछन् ।
यसैगरी लुम्बिनी प्रदेशबाट भेषराज बस्नेत (राँझा बाँके) र दीपक बोहोरा (तुलसीपुर दाङ) पुरस्कृत हुनेछन्। कर्णाली प्रदेशशबाट दाने बोहोरा (हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर कैलाली) छन् । यस वर्षको उत्कृष्ट आलेखको पुरस्कार खलङ्गा जुम्लाका विजय रावतले प्राप्त गरेका छन् । उनको ‘जुम्लाका कालीमार्सी धान रोपाइँको चटारो’ शीर्षकको आलेख पुरस्कृत भएको हो । यस्तै फोटोतर्फ फोटो पत्रकार प्रदीपराज वन्त (काठमाडौँ) सम्मानित हुनेछन् ।
यसैगरी कोभिड–१९ संक्रमणको प्रतिकूल समयमा सक्रिय भई निरन्तर खटिने फोटो पत्रकार तथा समाचारदातालाई समेत वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागेकोे छ ।
त्यसमा रोशन सापकोटा र चन्द्रकला क्षत्री (काठमाडौँ), राधिका कँडेल (पोखरा), चन्द्रकला भण्डारी (चन्द्रगढी झापा), हरिकुमार राई (उदयपुर) र तारानाथ आचार्य (बलेवा बागलुङ) छन् ।
यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६० औँ स्थापना दिवस काठमाडौँमा मनाउने तयारी गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







